Welcome TO My Blogs

परमादेश बाट सरकार बनाउने आदेश...

अदालतले गर्यो बहुदल र निर्दलको झेल, सरकार टिक्दैन हुन्छ फेल,संविधानलाई बनाइयो खेल.

संविधानको कुनै धारा नतोकी प्रधानमन्त्रीको कुर्सीमा भयो ठूलो झेल,सुरु हुन्छ नेता नेतामा झेल ,संविधानलाई बनाइयो खेल..

सात दिनपछि संसद हुन्छ पुर्नगठन,३० दिन पछि फेरि हुन्छ विघटन...

अनि सुरु हुन्छ 6 महिना भित्र चुनाव गराउने खेल, भोटको हुन्छ ठुलो किनबेच, नेताले गर्छन् जनतासँग फेरि झेल....

अन्ततः संविधानलाई गराउछन् फेल, तब सुरु हुन्छ नेपालमा जनमत संग्रहको खेल,हिन्दुराज्य लगाएत विवादित मुदा हुन्छ स्थापित संघीयता हुन्छ विस्थापित......

राजनीति व्यङ्ग्य कविता...

यो देउवा सरकार स्वदेशीले होइन विदेशिले बनाएकै हो, स्वदेशी नेताले होइन, विदेशीले चलाएकै हो...?

यो देउवा सरकार ४ रौं पटक श्री ५ बाट भनेको हो,अहिले ५ चौ पटक श्रीमान ५ बाट बनेकै हो,उहिले जनादेश बाट बनेको हो, अहिले प्रमाआदेश बाट भनेकै हो...?..

यो देउवा सरकारले राम्रो काम गर्छ भन्ने जनताको आस पलाएकै हो, तर देउवाजी प्रधानमन्त्री बन्न बित्तिकै भ्रष्टचारीहरु र हत्याराहरु को मनोबल बढेकै हो, उदाहरण विजयकुमार गच्छदार त्यहीदिन धरौटीमा रिहा हुनुभएकै हो, अब रिहा हुने पालो आफताब आलम कै हो...?

देउवा जिको पार्टीमा असुन्तष्ट पकक्ष हरूको प्रभाव बढ्न थालेकै हो, बिना सल्लाह सुझावको मन्त्री बनाएकै हो, मन्त्रीको नियुक्तिले देउवाजी को नियत माथि प्रश्न उठेकै हो...?

के दिउवा जिले होइन देउवा जीको श्रीमतीले सरकार चलाएकै हो, मार्केट म हल्ला छ देउवाको श्रीमतीले आफ्नो व्यापारी साथीलाई मन्त्री भनाएकै हो, मन्त्री सङग ठूलो रकम कुम्ल्याई कै हो...?

जनताको आशा निराशामा बदलिन लागेकै हो, के फेरि विपक्षीको मनमा हाम्रो हातमा सत्ता आउँछ भन्ने आशा पलाएकै हो, फेरि गठबन्धन लाई ठुलो धक्का लाग्न लागेकै हो...?

अब पार्टी देखि गठबन्धनमा हुन्छ खटपट, देउवा र देउवा पत्नीलाई किन भएको हो छटपट, गठबन्धन र पार्टीले भन्छ तिमी छैनौ सरकार चलाउने सक्छम,किन भने २०६१ सालमा पुर्व श्री ५ बाट घोषणा भएको थियौ असक्षम...हा हा हा

हिन्दुहरु कमजोर किन हुँदै छन......

वर्ग वर्गमा बाटे छौं, जाती जातीमा बाटे छौं, र सम्प्रदायिकमा बाटे छौ
हामी धर्म भन्दा माथि पार्टीलाई राखेका छौं..

आज मन्दिरको स्थिती हेरौ कुन अवस्थामा छ स्थितिमा छ, तर महजिद हेरौ चर्च हेरौ क्या आलिसान छ...
कसरि हिन्दु राज्य स्थापित हुन्छ.....

सबैभन्दा पहिला सम्पूर्ण हिन्दु संगठनहरु एउटा टेबुलमा आउनै पर्छ, एउटा मुद्दामा त्यो भनेको सनातन हिन्दुराष्ट्र हो..

हिन्दु जनगणना यो भने को के हो भने जस्तै क्रिश्चियनहरु सँग उनीहरूको आफ्नो धर्ममा कतिजना छोडिसकेका छन्....

अहिलेसम्म उनीहरुसँग रेकर्ड छ त्यस्तै इस्लामिक यानेकी मुसलमान हरु को पनि आफ्नै आन्तरिक जनगणना छ...

तर हिन्दूहरूको जनगणना कहाँ छ र को संग छ ...||

श्रीमतीको अर्थ ......

श्रीमती शब्द महिलाहरूको लागि किन प्रयोगमा ल्याइन्छ यस अर्थमा ल्याइन्छ !

"श्रीमती" को अर्थ यो हुन्छ
श्री अर्थात् "लक्ष्मी"
मति (बुद्धि) अर्थात "सरस्वती"

जहाँ "लक्ष्मी" र "सरस्वती" को बास हुन्छ , उसैलाई हामी श्रीमती भन्छौं !

महिलाहरु लक्ष्मी अर्जन गर्न पनि जान्दछन् र अर्जन गरेको लक्ष्मीलाई आफ्नो बुद्धिले बचत पनि गर्न जान्दछन्!....

त्यसैले महिलालाइ "श्रीमती" भनिन्छ......

Let us connect on